काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपालीसहित बिहीवार पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ