काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक शुक्रबार बस्दै छ।
बैठक साँझ ५ बजे पार्टी दलको कार्यालय सिंहदरबारमा बस्ने तय भएको सचेतक निशा डाँगीले जानकारी दिइन्।
आज बस्ने संसदीय दलको बैठकमा भदौ ११ गते हुन लागेको संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने उनले बताइन्।
त्यस्तै पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा आधारित रहेर छलफल हुने पनि उनले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा
भिजिट भिसा ठगीको आरोपमा डीपी अर्यालविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी
रास्वपाद्वारा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल
गृहमन्त्रीलाई रास्वपाको प्रश्न - मानव तस्करीमा अनुसन्धान नै नगर्ने गरी ९ बुँदे कार्यादेश किन बनाइयो ?
संसद अवरोध जारी राख्ने रास्वपाको निर्णय