काठमाडौं।सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।
उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ ।ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो ।उनीहरूको साथबाट ७ वटा मोबाइल, १८३ थान सिमकार्ड, १२ थान एटीम कार्ड, राउटर १ थान बरामद भएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ