काठमाडौं।सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।
उनीहरूले विभिन्न बहानामा ४९ लाख ९५ हजार रुपैयाँ ठगी गरेका साइबर ब्यूरोले जनाएको छ ।ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो ।उनीहरूको साथबाट ७ वटा मोबाइल, १८३ थान सिमकार्ड, १२ थान एटीम कार्ड, राउटर १ थान बरामद भएको ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ