टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १५ : १६
टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण

धनगढी । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा मारिएका २ वर्षका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ ।

टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषि ठहर भइ अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले साउदको सालिक अनावरण गरेका हुन् ।

टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस