काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
उता सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेख दुल्लु नगरपालिका-७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार, आरोपी पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ
झन्डै डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ