महाकालीले नाघ्यो सतर्कता तह

सफल खबर संवाददाता

विहीबार, ०७ भदौ २०८०, १० : ५५
महाकालीले नाघ्यो सतर्कता तह

‍काठमाडौ । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।

बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।

महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।

अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस