काठमाडौँ । राप्रपाले भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र त्यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने राप्रपाको निर्णय गरेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टल सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकलेअध्यक्ष राजेन्द्र लिङ्देन पार्टी आबद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशनमा सहभागी हुन मंगलबार एकसाताका लागि त्यसतर्फ प्रस्थान गर्ने भएकाले वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
साथै बैठकले भूगोल केन्द्रीत जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समिक्षा गरेको छ।
भूगोल केन्द्रीत कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निश्कर्ष निकाल्दै यसलाई अभियानको रुपमा अझ व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो