काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार राति ९.३० मा क्यानडा प्रस्थान गरेका हुन् ।
अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागी छन् ।
अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ । क्यानडा बसाइँको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवासीय नेपाली र अन्य दातृ निकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता
अर्थमन्त्रीको पदभारमा पुगेका शालिकरामले जंगिदै भने- पहिला सचिव फेर्नुस्
अर्थमन्त्री रामेश्वर खनाल पहिलो वरीयतामा
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री