भारतलेले प्याज निर्यातमा ४० प्रतिशत महसुुल लगाउने

पत्रपत्रिकाबाट

सोमबार, ०४ भदौ २०८०, ०७ : ४१
भारतलेले  प्याज  निर्यातमा  ४०  प्रतिशत महसुुल लगाउने

काठमाडौ । भारतले  सरकारले  प्याज  निर्यातमा  ४०  प्रतिशत महसुुल लगाउने भएको छ । भारतमा प्याजको खपत उच्च हुने सन्दर्भमा आन्तरिक  मागलाई  असर  नपरोस्  भन्ने  हेतुले  शनिबार  भारतको  अर्थ  मन्त्रालयले  निर्यातलाई  नियन्त्रण गर्दै मूल्य घटाउन प्याजको निर्यातमा ४० प्रतिशत कर लगाइएको जनाएको छ । 

भारतको अर्थ मन्त्रालय अन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले भदौ २ देखि पुस १५ सम्म लागु हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो ।

शनिबारदेखि लागु हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको  अन्तर्राष्ट्रिय  समाचार  संस्था  रोयटर्सले  जनाएको  छ  । 

जुलाई  महिनामा  मात्रै  भारतमा  तरकारी तथा खाद्यान्नको मूल्य १५ महिनायताकै उच्च  वृद्धि  भएपछि  सरकारलाई  मूल्य  वृद्धि  नियन्त्रण गर्न दबाबका बिच प्याजको निर्यात कर उच्च बनाइएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस