काठमाडौं । सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् । उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ भने सत्तारुढ दलहरु त्यसमा सहमत भएका छैनन् ।
बैठकमा सभामुख घिमिरेले भने १० साउनयता मात्र आफूले सहमतिको प्रयासमा तीन पटक शीर्ष नेताहरुको बैठक राखेको, ९ पटक सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेको बताए । तर प्रमुख प्रतिपक्ष आफ्नो अडानबाट तलमाथि नहुने, सत्ता पक्ष त्यसमा सहमत नहुने अवस्था कायमै रहँदा सदन बन्धक भएको बताए ।
यसले सांसदहरु पनि भत्ता मात्र खान्छन् भन्ने नकारात्मक सन्देश जनतामा गएको भन्दै उनले दलहरु गम्भीर हुनुपर्ने बताए । ‘म सभामुख छु, तपाईहरु प्रमुख सचेतक/सचेतक हुनुहुन्छ’ उनले अगाडि भने, ‘अहिले व्यवस्था बलियो बनाउने भूमिमा हामी छौं । हामी नै जिम्मेवार बनेनौं भने न संसदीय प्रणाली बलियो हुन्छ, न सांसदहरुबारे जनताको दृष्टिकोण राम्रो रहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- विधिको शासन र संविधानवाद बाहिर जान नहुने
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
सभामुख र प्रमुख सचेतकबिचको बैठक स्थगित
कुलिङ पिरियड गडबडी छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग छलफल गर्दै सभामुख