काठमाडौँ । यो साता नपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेको छ । सातामा दुई दिन बढेको नेप्से तीन दिन घट्दा परिसूचक ३२.९२ अङ्क अर्थात १.५९ प्रतिशतले घटेको हो । गत साताको शुक्रवार नेप्से परिसूचक २०६६ अंकमा कायम थियो ।
सातामा तीन दिन घटेपछि यो साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा २०३३ अंकमा आएर रोकिएको हो । यो साता नेप्से परिसूचक आइतबार र बिहीबार मात्रै बढेको थियो । आइतबार १४.८१ अंकले बढेको नेप्से बिहीबार ८ अंकले मात्रै बढेको थियो ।
यसबाहेक, सोमबार ३ अङ्क, मङ्गलवार ३१.८० अङ्क र बुधवार २०.३१ अंकले परिसूचक खुम्चिएको हो । यो साता नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ । गत साता नेप्सेमा १० अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
यो सातामा भने १० अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमको तुलनामा ३० अर्बले न्यून हो । यस्तै, यो साता नेप्सेको पुँजीकरण समेत खुम्चिएको छ । नेप्से पुँजीकरण ०.५९ प्रतिशतले घटेसँगै ३० खर्ब ४३ अर्बमा आइपुगेको छ । गत साता नेप्से पुँजीकरण ३० खर्ब ६१ अर्ब रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार