चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, ०८ : १७
चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले चार वर्षे स्नातक तहमा भर्नासम्बन्धी सूचना प्रकाशित गरेको छ । 

शैक्षिक सत्र २०८०-०८१ का लागि स्नातक तह (चार वर्षे बीएड) प्रथम वर्षमा नयाँ भर्ना हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा १२ मा समग्रमा सी प्लस प्राप्त वा सो सरहको अंक प्राप्त गरेका विद्यार्थीहरुले सम्बन्धित क्याम्पसमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

आवेदन फाराम भदौ १ देखि असोज २१ र भर्ना मिति कात्तिक २४ का लागि तोकिएको त्रिविले जनाएको छ । साथसाथै कक्षा सञ्चालन भने मंसिर ५ देखि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस