काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबारदेखि लगातार ३ दिन घटेको नेपसे बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ । बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।
म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक सर्वाधिक २.५३ प्रतिशतले वृद्धि भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.२५ प्रतिशतको सामान्य वृद्धि भएको हो ।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो । बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ ।
४३ हजार ५९१ वटा कारोबारमा ४० लाख ९ हजार २६३ कित्ता धितोपत्र बिनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।बिहीबार नेप्सेमा कारोबारमा आएका कम्पनीमध्ये सोल्टी होटलको सेयर सर्वाधिक १३ करोड ७१ लाखको किनबेच भएको छ । यस्तै आईएमई लाइफ इन्स्योरेन्सको सेयर ७ करोड ७९ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
बिहिबार नेप्सेमा कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
बिहीबार कारोबार भएकोमध्ये सुचिकृत कम्पनीमा लिवर्टी इनर्जीको सेयरमूल्य ९.७४ प्रतिशतले वृद्धि हुँदा अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ५.७७ प्रतिशतले वृद्धि भएको छ । यस्तै सामुहीक लगानी योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यता लक्ष्मी इक्वीटी फण्डको इकाइमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा मेच्छेयाम हाइड्रोपावरको सेयरमूल्य ४.४१ प्रतिशत र राप्ती हाइड्रोपावरको सेयरमूल्य ४.२१ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा