इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाका राष्ट्रपतिको आदेश

सफल खबर संवाददाता

विहीबार, ३२ साउन २०८०, ११ : ५०
इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न सिरियाका राष्ट्रपतिको आदेश

एजेन्सी। सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् ।मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् ।

राज्यका कर्मचारी, सेवा निवृत्त कर्मचारी र अन्य सैनिकहरूको लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो ।अहिले देशको आर्थिक अवस्था सङ्कटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अभेकिरी डलरसम्म थियो ।

सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीको लागि डिजेलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशतले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरू काममा नगएपछि सडकमा यात्रुहरू अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।

प्रतिक्रिया दिनुहोस