काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म सात अर्ब भन्दा बढी नाफा कमाएको छ । नेपाल टेलिकमल सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार खुद नाफा कमाएको हो ।
अघिल्लो आवको सोहि अवधिको तुलनामा यो नाफा ७.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, यस कम्पनीको कुल आय ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको छ ।
कम्पनीको कुल सञ्चालन आय पनि २.९४ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आवको सोहि अवधि ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष ४३.३६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या