काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ । २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा.डा.घनश्याम भट्टराई नियुक्त भएका छन् ।इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले बुधबार सेवा आयोग अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
६ महिनापछि अवकाश हुन लागेका उनलाई मंगलबार कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको तीन सदस्यीय सिफारिस समितिले गत साउन २३ गते आवेदन माग गर्दै २६ गते ३ बजेभित्र आवेदन दिन सूचित गरेको थियो । सोही आवेदन अनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
सह-कुलपति (शिक्षामन्त्री) को सिफारिसमा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।एक वर्षदेखि सेवा आयोग पदाधिकारी विहीन हुँदा त्रिवि शिक्षक तथा कर्मचारीको विज्ञापन हुन सकेको छैन ।राजनीतिक भागबन्डाका कारण सिफारिस समितिले पटक पटक सिफारिस हुँदै आए पनि त्रिवि सेवा आयोगले अध्यक्ष पाउन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द