सिन्धुली । सिन्धुलीमा सोमवार र मंगलवार भएको तीन छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मंगलवार सुनकोसी गाउँपालिका –५ मुल्कोट नजिकै बिपी राजमार्गमा ट्रकको पछाडि एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार चार जना घाइते भएका छन् ।
बर्दिबासबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८८०० नम्बरको ट्रकको पछाडि सोही दिशाबाट जाँदै गरेको बा २ झ ३१०७ नम्बरको बर्दिबास नगरपालिकाको एम्बुलेन्स ठोकिदा तीन जना मध्यम घाइते र एक जना सामान्य घाइते भएका हुन् ।
घाइते चार जनाको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोमवार राती बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका –४ हिरा पानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु