काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका–१३ स्थित भैसीपार्टीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ बस्ने वर्ष–२१ का अभिषेक न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा १०ः५५ बजेको समयमा मृत्यु भएको प्रहरीले बताएको छ ।
मंगलबार बिहान १०:२० बजेको समयमा बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित पटिएको र उक्त मोटरसाइकलमा सवार पुरुष विपरित दिशाबाट आउँदै गरेको बा. प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भिर घाईत भएका न्यौपानेको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उक्त ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु