काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरुले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले सुन तस्करहरुलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । एमाले सांसदहरुले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।
एमाले सासंदले अबरोधलाई जारी राखेपछि सभामुखले बैठक भाद्र ३ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी