काठमाडौँ । नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्नुअघि नै एमाले सांसदहरुले सुन तस्करीको छानबिन गर्न माग गर्दै नाराबाजी गरेका हुन् । उनीहरुले सुन तस्करहरुलाई कारबाही गर्नुपर्ने, तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । एमाले सांसदहरुले नारावाजी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले भने टेबल ठोकेर सभामुखको ध्यानाकर्षण गराउन खोजेका थिए ।
एमाले सासंदले अबरोधलाई जारी राखेपछि सभामुखले बैठक भाद्र ३ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित