काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् । पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राखेका हुन् ।
कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’
पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले अरु अरु काण्डको नाम लिँदै अनुसन्धान हुनुपर्छ भन्न थालेको भन्दै थापाले पछिल्लो समयमा स्मृतिमा रहेका सबै काण्डको फाइल खोल्नुपर्ने बताएका हुन् ।
‘हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने, तिम्रो नाम जोडिएको काण्ड के होत ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ प¥यो भने एक हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खोई, यस्तै यस्तै सुनिन्छ, यसरी आफ्नो अनुकुलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ’, उनले भने ।
महामन्त्री थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताए । इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएको आरोप लागेका चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटक पटक टेलिफोन कुराकानी भएको पाइएको थियो । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराको नाम उल्लेख भए पनि प्रहरीले उनीहरुमााथि अनुसन्धान गरेको छैन ।
महामन्त्री थापाले आइतबार माओवादी पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रसंग पनि कोट्याए । उनले यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भन्दै प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु
क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यमा डिस्टर्ब नगर्न गगन थापाको चेतावनी
दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य आवश्यक : गगन थापा
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस