उदयपुरको कटारी–गाईघाट सडक खण्ड बिहानैदेखि अवरुद्ध, ५० मिटरभन्दा बढी सडक पहिरोले बगायो

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, १४ : ३४
उदयपुरको कटारी–गाईघाट सडक खण्ड बिहानैदेखि अवरुद्ध, ५० मिटरभन्दा बढी सडक पहिरोले बगायो

उदयपुर।अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएपछि सडक खण्ड अवरुद्ध बनेको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उनले भने । पहिरोले ५० मिटरभन्दा बढी सडक बगाएको छ । 

 

सडक अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधनलाई गाईघाटदेखि लहानहुँदै, बर्दिवासतर्फ पठाउन थालिएको छ ।यस्तै पश्चिमबाट पूर्वतर्फ आएका सवारीसाधनलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पठाउन थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस