प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, ११ : १३
प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ ।यससँगै सूचक २०६५.४० अंकमा आएको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३३ सय ४६ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ७१ पटक सेयर कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रतिक्रिया दिनुहोस