काठमाडौ । निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो।
तर जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए।
महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।
उनीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन्। त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ।
उनीहरूले यस्ता माग राखेर काठमाडौंमा सिठी जुलुस, डोजर जुलसलगायत गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ