नेपाल लाइफको लिडरसीप एक्सेलेन्स अवार्डप्रति संघका महासचिवद्वारा आभार प्रकट

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १५ : ३३
नेपाल लाइफको लिडरसीप एक्सेलेन्स अवार्डप्रति संघका महासचिवद्वारा आभार प्रकट

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीले अथक मिहेनत र परिश्रम गरेर कम्पनीलाई अब्बल बनाएकोमा नेपाल लाइफप्रति आभार प्रकट गरेका छन्।साथै उनले अहोरात्र खटिने अभिकर्ताहरूलाई सम्मान गर्ने परिपाटी स्थापित गरेर हरेक वर्ष झन् परिष्कृत र वृहत् रुपमा कार्यक्रम सञ्चालन गरिएको धन्यवाद दिए ।

भव्य कार्यक्रमका लागि कम्पनीका व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तथा पेशागत बीमा अभिकर्ता संघ, नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्नुका साथसाथै आगामी दिनमा झन् भव्य र सभ्य कार्यक्रमहरू नेपाल लाइफद्वारा आयोजना हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

विभिन्न समस्याका बाबजुद अथक परिश्रमबाट कम्पनीलाई बीमा क्षेत्रमा एक चम्किलो नक्षत्र रूपमा स्थापित गर्न प्रतिकूलतालाई अनुकूलतामा बदली कम्पनीलाई सर्वोत्कृष्ट बनाई सम्मानित भएकोमा उनले सबैलाई धन्यवाद दिए ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवनमा तीन दिवसीय लिडरसीप एक्सेलेन्स अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न गरेको थियो । ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म भएको कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरूको सहभागिता रहेको थियो ।कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खटिने सम्पूर्ण प्रगतिका सहयात्रीहरूलाई धन्यवाद दिएका थिए ।नेपाल लाइफ आफैंमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाएकोमा सवैको लागि हर्षको विषय रहेको उनको भनाइ थियो ।

पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अगाडि बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । ‘जसरी सार्कले समुन्द्रमा अधिपति कायम गरेको हुन्छ, त्यसै गरी नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपति कायम गर्नेमा म विश्वस्त छु’ उनले भने ।ग्राहकको  सहजताका निम्ति नवीनतम् प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधीकरण गर्ने कार्यहरू शुभारम्भ भइसकेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरूले बीमालाई नेपालीको घरदैलोमा पुर्‍याउन गरेको योगदानका निम्ति धन्यवाद दिए । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरूलाई बधाई दिँदै उनले आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई उनले आग्रह गरेका थिए ।यस्तै, कम्पनीका सीईओ पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिँदै कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको बताए । साथै उनले अभिकर्ताहरूकै अथक मेहनत र परिश्रमका कारण नेपाल लाइफ सफल भएको बताए ।

 

आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुन पनि उनले स्वेच्छा दिए ।कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक,  २३ जनालाई रत्न पदक र  ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । 

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट  क्रमशः प्रथम, द्वितीय र तृतीय हुने वसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजवंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस