नवलपरासीको द नारायणी रिसोर्ट पर्यटन सेवा सम्मान २०७५ बाट सम्मानित

सफल खबर संवाददाता

आइतबार, २७ साउन २०७५, १९ : २९
नवलपरासीको द नारायणी रिसोर्ट पर्यटन सेवा सम्मान २०७५ बाट सम्मानित

गैडाकोट । नवलपरासीको गैडाकोटमा रहेको द नारायणी रिसोर्ट पर्यटन सेवा सम्मान २०७५  बाट सम्मानित भएको छ । आन्तरिक तथा बाह््य पर्यटकको सेवा तथा आर्थिक क्षेत्रमा  यस रिसोर्टले पुर्याएको योगदानको कदर गर्दै संवाद क्लव नेपालले आफ्नो पन्द्रौ वार्षिक उत्सवका अवसरमा सो सम्मान गरेको हो ।
क्लवको काठमाण्डौमा आयोजित वार्षिक उत्सव समारोहमा   परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले रिसोर्टका प्रवन्ध निर्देशक युवराज घिमिरेलाई सो सम्मान पत्र प्रदान गर्नु भएको हो ।
नारायणी नदीको मनोरम दृष्यमा रमाउदै नेपालकै अत्याधुनिक हलकै कारण द नारायणी रिसोर्ट देश विदेशमै चर्चित छ । यसले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकारहरुको सस्था संवाद क्लवले रिसोर्टलाइ सम्मान गरेको हो । रिसोर्टका अध्यक्ष प्रभाकर पण्डितले सम्मानले रिसोर्टलाइ थप जिम्मेवारी वनाएको वताउनुभयो ।
“रिसोर्टमा आउने स्वदेशी तथा विदेशी पाहुनाको  सन्तुष्टि दिनु हाम्रो दायित्व हो । हामी जिम्मेवार भएर आफ्नो दायित्व पुरा गरि रहेका छौं भन्ने लाग्छ”, अध्यक्ष पण्डितले भन्नुभयो, “सम्मानले हामीलाइ थप जिम्मेवारी बनाएको छ ।”

 

प्रतिक्रिया दिनुहोस