सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखियो : मेयर बालेन

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, ११ : ५०
सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखियो : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको बताएका छन्।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको मेयर शाहले शनिबार समाजिक सञ्जालमा लेख्दै उक्त कुरा बताएका छन्।

भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको, पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको उनले उल्लेख गरेका छन्।

अहिले प्रथम त्रैमासिक परीक्षा चलिरहेको र यसपछि अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्ने उनले बताए। उनले भने, ‘त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ।’

प्रतिक्रिया दिनुहोस