सिम्रिक एयरका हेलिकप्टरको उडानमा आजदेखि रोक

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, ०८ : ०४
सिम्रिक एयरका हेलिकप्टरको उडानमा आजदेखि रोक

काठमाडौ । सिम्रिक एयरका हेलिकप्टरले आजदेखि उडान भर्न नपाउने भएको छ।

बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो।

प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस