पहिरोका कारण जयपृथ्वी राजमार्ग बन्द

आइतबार, २७ साउन २०७५, १३ : ०७
पहिरोका कारण जयपृथ्वी राजमार्ग बन्द

फाइल फोटो

बैतडी । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ । (रासस)

प्रतिक्रिया दिनुहोस