आज संसद बैठक बस्दै

आइतबार, २७ साउन २०७५, १२ : १०
आज संसद बैठक बस्दै

काठमाडौं । सरकारले विजनेश दिन नसकेपछि विजनेश अभाव भएको संसद बैठक आज बस्दैछ । सरकारले समयमै विधेयकहरु संसदमा दर्ता नगरेपछि संसद कामविहिन हुँदा गत सोमबार बसेर स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठकले कांग्रेसका पुराना नेता भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।
यसअघि संसद सचिवालयमा दर्ता भएका २ विधेयक परिपक्क भएपछि आजको बैठकमा सरकारले टेबुल गर्ने कार्यसूची संसद सचिवालयले  तय गरेको थियो ।

यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय  थियो ।

 असोज ३ गतेभित्रै पारित गर्नुपर्ने मौलिक हकसम्बन्धी विधेयक संसदमा दर्ता भइसक्नुपर्नेमा सरकारले सरकारले यसअघि ८ वटा विधेयकमात्रै संसदमा दर्ता गरेको थियो । संसदमा पर्याप्त विधेयक नहुँदा साउन महिनामात्रै संसद १५ दिनभन्दा बढि स्थगित भइसकेको छ ।
दर्जनौ कानून सरकारले समयमै दर्ता नगरेका कारण तोकिएको समयमा नियमित प्रक्रियाबाट पारित हुने सम्भावना समेत कम छ ।

प्रतिक्रिया दिनुहोस