एक वर्षदेखि पाँच छात्रालाई शिक्षकको यौनदुर्व्यवहार

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १० : ४२
एक वर्षदेखि पाँच छात्रालाई शिक्षकको यौनदुर्व्यवहार

काठमाडौ । मोरङको जहदा गाउँपालिकामा पाँच छात्रालाई बालयौन दुव्यर्वहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। 

जहदा गाउँपालिकाको जनप्रिय आधारभूत विद्यालय छात्रालाई दुव्यर्वहार गरेको आरोपमा जहदा–१ कुल्हडिया टोलका २७ वर्षी शिक्षक विकाशकुमार साह पक्राउ परेका हुन्। 

करारमा नियुक्त उनले पटक पटक ती छात्राहरुलाई यौन दुर्व्यववहार गरेको उजुरी प्रहरीकहाँ परेको थियो। 

साहले कक्षा ४ देखि ८ सम्म विज्ञान पढाउने गरेका थिए। उनले गत वर्ष पनि विद्यार्थीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

गत वर्ष घटना मिलाइए पनि उनले फेरि त्यही व्यवहार दोहोर्‍याएका छन्। त्यसपछि उनीविरुद्ध छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका हुन्। 

उनले होमवर्क मिलेन भन्दै सर्टभित्र हात लैजाने, तिघ्रा सुम्सुम्याउने र चिमोट्ने जस्ता यौनजन्य दुर्व्यवहार गरेका अभिभावकले जनाएका छन्।

अभिभावको उजुरीपछि उनी बालयौन दुरुपयोगको मुद्दामा पक्राउ थिए। मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले अनुसन्धान सकेर मुद्दा अघि बढाउन फाइल सरकारी वकिलको कार्यालयमा बुझाइएको छ।

शिक्षक साहले दुर्व्यवहार गरेका छात्राहरु स्कुल जान नमान्ने, रुने कराउने गरेपछि शिक्षकबाटै भएको यौन दुर्व्यवहारको घटना खुलेको हो। 

शिक्षक साहलाई जिल्ला सरकारी वकिलको कार्यालयले यही सोमबार बालयौन दुरुपयोग अभियोगमा मुद्दाम दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस