काठमाडौं । संसद संचालनको विषयमा प्रमख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु भएको छ । मध्यान्ह साढे १२ बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
छलफलका आधारमा आ-आफ्ना पार्टीमा आन्तरिक छलफल गर्ने र पुनः बस्ने सहमति भएको थियो । सोही अनुसार संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको हो ।
सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख सचेतक र सचेतक नेताहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १६ : १९
लेखकबाट थप