काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमाण्डमा टीम गठन गरेर अनुसन्धान सुरु गरेको हो ।
ब्युरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधि कोषबाट अनुसन्धान सुरु गरिएको छ । आजै पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरिएको पनि सीआईबीले जनाएको छ । यसअघि विभागले उच्च अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउँदै आएको थियो ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सो प्रकरणमा विभागले अनुसन्धान गर्दै आएपनि प्रधानमन्त्री तहको निर्देशनमा पछिल्लो समय सीआईबीलाई जिम्मा दिइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १६ : ०१
लेखकबाट थप