काठमाडौ । नेकपा (एकीकृत समाजवादीं) का अध्यक्ष माधवकुमार नेपाल युरोप यात्रामा निस्किएका छन्।
पार्टी उपाध्यक्ष बेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर नेपाल सोमबार बिहान जेनेभा प्रस्थान गरेका हुन्।
युरोप यात्राको क्रममा नेपालले प्रवासी नेपाली एकता मञ्चले स्विजरल्याण्ड, स्पेन, क्रोयसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
जेनेभा प्रथान गर्नुअघि नेता नेपालले उताबाट फर्किएपछि पार्टीको पोलिटव्युरो र केन्द्रीय कमीटीको बैठक बस्ने जानकारी दिए।
विश्वका विभिन्न देशमा ठूलो संख्यामा नेपालीहरुको बसोबास रहेको चर्चा गर्दै उनले प्रवासी नेपालीको नेपालप्रतिको माया र सद्भावलाई जीवन्त राख्न आफ्नो भ्रमणले सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे।
अध्यक्ष नेपाल आगामी भदौ १ गते नेपाल फर्कने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार