काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार बजार ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा घटेको छ । यो १.८३ प्रतिशतको गिरावट हो । आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।
आइतबार वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ । बैंकिङ उपसूचक १.७० प्रतिशतले घटेको छ । आइतबारदेखि कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सकारात्मक सर्किट लेवलमा कारोबार भयो ।
कृषि विकास बैंक, पिपुल्स पावर, नेपाल एसबीआई बैंक डिभेन्चरसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, अभियान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।
आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट, ग्लोबल बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ । आइतबार वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत रिपोर्ट आएको छ । रिपोर्ट अनुसार आधा दर्जन बैंकले यस वर्ष लाभांश खुवाउन नसक्ने अवस्था देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार