काठमाडौँ । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।
अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । 'नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ' केन्द्रीय सदस्य राजन दाहालले भने, 'सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ । '
दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’