काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले, सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् । काठमाडौँमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले, सरकार संरचनामा जथाभावि खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।
‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो । हामी सबैलाई थाहा छ । विस्तारै यसले फेरी एउटा रफ्तार लिन खोजिरहेको छ ।’ उनले भने ‘ सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने । हरेक रिर्सोसेजको सदुपयोग गर्ने । इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने । जथाभावि नगर्ने । यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन् । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु ।
जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उड्न्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताएका उनले भने ‘कुराबाट होइन् कामबाटै प्रमाणित गर्नु पर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट