चितवनमा ४० हजार चालकलाई कारबाही

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, ०७ : १५
चितवनमा ४० हजार चालकलाई कारबाही

काठमाडौ । गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

चालकलाई कारबाही गर्नेक्रममा ३ करोड ४५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा ट्रक तथा टिप्परका चालक ७ हजार ७५, बस तथा माइक्रोबसका चालक ४ हजार १९४, जीप तथा कारका चालक ७ हजार ७१२, ट्रयाक्टर चालक १ हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्सा लगायत सवारीसाधनका चालक ६ हजार ९६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । 

गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएका उनले बताए । सबैभन्दा बढी जिल्लाका भित्री सडकमा १४१, पूर्वपश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका शहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस