नेपाल बार चितवनमा कमल पाठक विजयी

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०७५, ०९ : ३०
नेपाल बार चितवनमा कमल पाठक विजयी

चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमल पाठक विजयी भएका छन् । प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का तर्फबाट अध्यक्षका उम्मेद्ववार नीलकण्ठ अधिकारीलाई ९ मत अन्तरले पराजित गर्दै पाठक विजयी भएका हुन् ।  पाठकले ९३ मत प्राप्त गरे भने अधिकारीले ८४ मत प्राप्त गरे ।

१३ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा पीएलएका हरि मैनाली विजयी भए । यस्तै सचिवमा डिएलएका धर्म वाग्ले विजयी भएका छन् । कोषाध्यक्षमा पिएलएका सुर्यवहादुर वोहोरा र सहसचिवमा डिएलएका तर्फबाट उम्मेद्वार बनेकी गोमा न्यौपाने विजयी भएकी छन् । सचिव र सहसचिव बाहेक सबै पदमा पिएलएले विजयी हाँसिल गरेको छ ।

१९१ सदस्यीय चितवन जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा १८३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस