काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १-१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मङ्गलवार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।
उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र काँग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।
सभामुखबाट मङ्गलवार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित