काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने आज बुधवार आफू निर्वाचित भएको क्षेत्र चितवन–२ बाट विशेष राहत प्याकेज घोषणा गर्दैछन् ।
मंगलवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा चितवनमा विशेष प्याकेजका कार्यक्रमको घोषणा हुने बताए ।
उनले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै मोडलको रूपमा विकास गर्न लागेको भन्दै नागरिकलाई राहत दिने योजना ल्याइने जानकारी दिए ।
सभापति लामिछानेले संसद् अवरुद्ध गरेर राजनीतिक निकास ननिस्किने बताए । उनले भने, ‘पछिल्ला घटनाका विषयमा संसद्मा प्रर्याप्त छलफल हुनुपर्छ, सरकार र गृहमन्त्रीले दिने जवाफ चित्तबुझ्दो नभए निकास खोज्नुपर्छ ।’
उनले सुन प्रकरणका विषयमा आवश्यकताका आधारमा उच्चस्तरीय छानबिन समिति र संसदीय समिति बनाउन सकिने बताए । रास्वपाले संसद्को बैठकमार्फत सरकारलाई प्रश्न गर्न चाहेको भन्दै उनले सबै कुरा संसद्मै छलफल हुनुपर्ने धारणा राखे ।
सुनकाण्डमा मिलेमतो देखिए पनि को–कसको मिलेमतो छ भन्ने कुरा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ । सरकारका काम शुरूआतमा राम्रो भएको तर गतिविधिमा शंका उत्पन्न भएको भन्दै उनले मन्थन गर्ने, प्रश्न र जवाफ माग्ने र टेबल ठोक्ने ठाउँ संसद् मात्रै भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'