बारा । बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन।जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए ।
घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनी विरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए ।
आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १२ : ०७
लेखकबाट थप