ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी

शनिबार, १३ साउन २०८०, १६ : १५
ताइवानलाई सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । संयुक्त राज्य अमेरिकाले विवादित ताइवानका लागि ३४ करोड ५० लाख डलरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ । चीनले आफ्नो स्वसाशित टापुप्रति बढ्दो आक्रमक अडान लिएसँगै अमेरिकाले सो सैन्य सहायता प्याकेजको घोषणा गरेको हो ।

ह्वाइटहाउसले एक विज्ञप्ति जारी गरेर ताइवानलाई सैन्य शिक्षा र सहायताका लागि सो सहयोग गरेको उल्लेख गरेको छ । तर, उक्त घोषणा अनुसार प्रदान गरिने हतियार वा उपकरणका बारेमा भने केही खुलाइएको छैन । तर, अमेरिकी अधिकारीहरुका अनुसार ताइवानलाई साना हतियारसहित अत्याधुनिक उपकरणहरु सहयोग गर्न लागिएको अलजजिराले उल्लेख गरेको छ ।

अमेरिकाको यो घोषणालगत्तै आवश्यक परे बल प्रयोग गरेर भएपनि ताइवानको पुनः एकीकरणमा लाग्ने चीनले चेतावनी दिएको छ । यस्तै, ताइवानमा हतियार बेच्ने क्रम रोक्न चीनले अमेरिकालाई चेतावनी पनि दिएको छ ।

अमेरिकाका पछिल्ला गतिविधिले ताइवानमा उत्पन्न हुने विवाद र त्यसको परिणामबारे अमेरिका जिम्मेवार हुने चीनको तर्क छ । अमेरिकी गतिविधि ताइवानमा बढ्दै गएपछि यसै वर्षको सुरुदेखि नै चीनले ताइवान आसपासमा ठूलो सैन्य अभ्यासलाई जारी राखेको छ ।

वासिङ्टनले हालैका वर्षहरुमा अमेरिकाले ताइवानमा अर्बौं डलरको सैन्य सहायता स्वीकृत गरेको छ । सन् २०२६ सम्ममा ६६ वटा युद्धपोत विमान र आड अर्ब डलरभन्दा बढीको सहायता गर्ने जनाएको छ । बाइडेन प्रशासनले ताइवानप्रति झुकाव देखाएसँगै चीन र अमेरिकाबीचको शितयुद्ध झनै चर्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस