काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।
उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे । देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै उनले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए ।
सभापति लामिछानेले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने