काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेल सही नेतृत्व छान्न सके मात्रै मिसन २०८४ सफल हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही व्यक्ति उम्मेदवार हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध हुनु भनेकै उम्मेदवार बन्नु नभएको उनले बताए ।
उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको बताउँदै कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको दाबी गरे । देशमा राम्रा नारा सबैले लगाउने गरेको बताउँदै उनले नारामा नभई पारा राम्रो हुनुपर्ने बताए ।
सभापति लामिछानेले नराम्रो काम गर्ने आफ्नो पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि