ग्यासको खपत र आयात दुबै घट्यो

पत्रपत्रिकाबाट

शनिबार, १३ साउन २०८०, ०७ : २७
ग्यासको खपत र आयात दुबै घट्यो

काठमाडौ । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ ।

भन्सार  विभागको  तथ्याङ्क  अनुसार  अघिल्लो वर्षको तुुलनामा आव २०७९-८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो ।

आव २०७९÷८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको  पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ । गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको  पाँच लाख ३५ हजार ८६५  मेट्रिक टन ग्यास आयात भएको थियो ।

अघिल्लो वर्षको तुुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस