धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा रहेको चम्फा ट्याक्टरका पाटपुर्जाको पसलका सञ्चालक धनगढी उपमहानगरपालिका–५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र सोहि ठाँउको जेयसके फेन्सी स्टोर पसलका सञ्चालक ३२ वर्षीय मधुसुदन पन्तलाई लागुऔषधसहित पक्राउ गरेके हो।
चौधरीको साथबाट ६ ग्राम ७९० मिलीग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध फेला पारेको प्रहरीले जनाएको छ। दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मालाखेतीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली र कञ्चनपुरबाट खैरो हेरोइनसहित ९ जना पक्राउ
४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
खैरो हेरोइन र नगदसहित युवक पक्राउ