एनआरएनए माल्टाको निर्वाचन जुलाइ ३० मा हुने

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १५ : ०२
एनआरएनए माल्टाको निर्वाचन जुलाइ ३० मा हुने

माल्टा । गैरआवासिय नेपाली संघ (एनआरएनए) माल्टाको आगामी कार्यकालका लागि जुलाइ ३० मा निर्वाचन हुने भएको छ ।निर्वाचनमा रेम्स खनाल र रोशन गिरी प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् ।    

माल्टामा हेभीवेट  उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका खनालले आफू अध्यक्ष भएान गर्ने कामहरुलाई २५ बुँदामासार्वजनिक गरेका छन् ।बिगत ८ वर्षदेखि माल्टामा बसोबास गर्दै आएका रेम्स एनआरएनए माल्टाको स्थापनाकालदेखि नै अभियानमा जोडिएका ब्यक्ति हुन् ।

संस्थाको संस्थापक उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुँदै उनी अहिले नेतृत्वको दौडमा होमिएका हुन् । समाजसेवी एवम् एनआरएनए अभियन्ता प्रकाश भन्डारीले रेम्सको माहोल राम्रो रहेको बताए ।  यस्तै अर्को पक्षले रमेश गिरीपनि उत्तिकै प्रभावशाली उम्मेदवार रहेकाले कडा प्रतिस्पर्धा हुने बताएको छ । 

प्रतिक्रिया दिनुहोस