काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरण गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर सङ्गठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।
त्यसका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक तयारी हुनेछ। काँग्रेसले २०८० सालमा ५ देखि ७ लाख सदस्य पार्टीमा थप गर्ने लक्ष्यसमेत राखेको छ।
साथै काँग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बोलाउने, तराई मधेसमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न काँग्रेसले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक