काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरण गर्न राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर सङ्गठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो।
त्यसका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक तयारी हुनेछ। काँग्रेसले २०८० सालमा ५ देखि ७ लाख सदस्य पार्टीमा थप गर्ने लक्ष्यसमेत राखेको छ।
साथै काँग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बोलाउने, तराई मधेसमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकोले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न काँग्रेसले सरकारको ध्यानाकर्षणसमेत गराएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशेष महाधिवेशनबारे काँग्रेस संस्थापन पक्षले भन्यो : ‘पार्टी फुट्नु हुन्न
१८ सय ३० पुग्यो काँग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक