उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री साइगुबीच भेटवार्ता

एजेन्सी

विहीबार, ११ साउन २०८०, ११ : १४
उत्तर कोरियाली नेता किम र रुसी रक्षामन्त्री साइगुबीच भेटवार्ता

एजेन्सी । उत्तरकोरियाको भ्रमणमा रहनु भएका रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन। उत्तरकोरियाको राजधानी प्योङयाङमा भएको भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप मजबुद बनाउने विषयमा केन्द्रीत रहेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षा, क्षेत्रीय सुरक्षालगायतका आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ । युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँगको सम्बन्ध बिग्रिएको रुस र पश्चिमाहरुसँग परम्परागत रुमा दुश्मनी राख्दै आएको उत्तर कोरियाबीचको यो वार्तालाई अर्थपुर्ण भनिएको छ ।

वार्तापछि उत्तर कोरियाली नेता किमले रुसी रक्षामन्त्रीलाई क्षेप्यास्त्रहरुको भण्डारण देखाउनु भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस