देशव्यापी आन्दोलन थालेको राष्ट्रिय किसान सन्जालको घोषणा

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, ११ : १३
देशव्यापी आन्दोलन थालेको राष्ट्रिय किसान सन्जालको घोषणा

काठमाडौं । राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।

लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो ।

सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।साथै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बेथिती अन्त्य हुनुपर्ने लगायतका माग सन्जालले राखेको छ ।

कालिमाटी तकारी बजार विकास समितिले खुला प्रतिस्पर्धाविना सटर भाडामा लिएकाहरुसँग नवीकरण गरेको भन्दै सन्जालले धर्ना दिँदै आएको छ । बजार समितिले वार्तामा बोलाए पनि समस्याको समाधान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस