ठूलाठूला कुरा गर्ने तर व्यवहारमा नउतार्ने कम्युनिष्टको बानी : रामचन्द्र पौडेल

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०७५, १९ : २३
ठूलाठूला कुरा गर्ने तर व्यवहारमा नउतार्ने कम्युनिष्टको बानी : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ठूलाठूला कुरा गर्ने तर व्यवहारमा नउतार्ने कम्युनिष्टको बानी नै भएको छ ।

२४ औं विश्व आदिवासी जनजाति दिवसका अबसरमा नेपाल आदिवासी जनजाति महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा पौडेलले जानजातीको नारा लगाउनेहरु अहिले सरकारमा हुँदा पनि जनजातीको अधिकार स्थापीत गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले केपी ओली मधेश बिरोधी भन्ने तर सत्ताका लागी टिका लगाउन दौडेर जाने भन्दै मधेश केन्द्रित दल प्रति कटाक्ष समेत गर्नुभयो ।

उहाँले मुलुक सञ्चालनमा वस्ने व्यक्तीहरु गम्भीर नभएका कारण पिडित जनताहरु अझै पिडित बन्नुपरेको तर्क गर्नुभयो । उहाँले जनताका अधिकार स्थापीत गर्नका लागी काँग्रेस गम्भीर भएर लाग्ने धारणा राख्नुभयो । उहाँले जातिय पहिचान पनि भेटिने र द्धन्द पनि मेटिने गरि सबै जातजातीको पहिचानलाई सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस